नुवाकोट, सिन्धुपाल्चोक र रौतहटका वडा कार्यालयमा आगजनी , महत्वपूर्ण कागजात जले
सिन्धुपाल्चोक । प्रतिबन्धित बिप्लब समुहको बन्दको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो ।
आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ ।
यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा बिप्लब समुहका कार्यकर्ताले मंगलबार राति बम बिस्फोट गराएको आशंका गरिएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ ।
यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा मंगलबार राति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ । बम विस्फोटमा विप्लव समूह आशंका रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया