अध्यक्षद्धय ओली र प्रचण्डका कारण एकता प्रक्रिया प्रभावित : नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुवै अध्यक्षले एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नदेखाउँदा नेकपाको पार्टी एकता प्रक्रिया प्रभावित बनेको आरोप लगाएका छन् ।
आज भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले भने–‘जहाँ चाह त्यहाँ राह। इच्छाशक्ति नै छैन त कसरी हुन्छ ?’
नेकपाको एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र संकल्प दृढ हुनुपर्नेमा त्यसो नभएको भन्दै उनले एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको पनि बताए ।
प्रतिक्रिया