प्रथम नायिकाको ‘साइनो’लाई पिजी सर्टिफिकेट

saino

  काठमाडौं । आउँदो २४ गते बाट प्रदर्शन हुन लागेको चलचित्र साइनोले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने भनेको छ ।

यता निर्देशक रमेश थापाले भने चलचित्र सबै उमेरका दर्शकले निर्धक्कका साथ हेर्न सकिने दावि गर्छन् । उनले चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको बताए ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित