सांसद बस्नेतद्धारा उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

mashesh dai 2

  भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता महेश बस्नेतले भक्तपुरलाई देशकै प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गरिने बताएका छन् ।

सुर्यबिनायक नगरपालिका वडा नं ९–१० स्थित साँगा सूर्यमोडबाट संसारकै अग्लो महादेब कैलाशपति र लटरम्मेश्वर जाने स्थानमा निर्माण गर्न लागिएको झोलुङ्गे पुलको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसद बस्नेतले सांस्कृतिक नगरी भक्तपुरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

डोलिडारको १ करोडको लगानीमा बन्न लागेको उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको आज शिलान्यास भएको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेब थापा, वडा अध्यक्षहरु उपेन्द्र के सी, शिवराम थापा र किरण थापालगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

mahesh basnet_1

mahesh dai 1

प्रतिक्रिया

सम्बन्धित