चितवनमा पत्रकार बरालमाथि आक्रमण , शान्ति सुरक्षा दिन प्रतिदिन खस्कदै
भरतपुर। साप्ताहिक सञ्जाल चितवनका उपाध्यक्ष पत्रकार सुर्य बरालमाथि आक्रमण भएको छ । भण्डाफोर अभियान साप्ताहिकका प्रधान सम्पादक बरालमाथि अपरिचित समुहले हिजो उनकै घर अगाडि आक्रमण गरेर फरार भएको बरालले वताएका छन् ।
भरतपुर महानगरपालिका ३ नारायणी दोभानमा रहेको आफ्नै घर नजिकको बारीमा आक्रमणकारीले सुर्य बराल भनेको तपाई नै हैन भन्दै हेल्मेट र बेल्चा प्रयोग गरि आक्रमण गरेको पत्रकार बरालले वताए । पत्रकार बरालका अनुसार आक्रमण बाट घाटी, छाती र हातमा चोट लागेको छ ।
समाचार कै कारण आफूमाथि आक्रमण भएको हुन सक्ने उनले आशंका व्यक्त गरेका छन् । पछिल्लो समय पत्रकार बराले ले भण्डाफोर अभियान साप्ताहिकमार्फत अवैध मिटर ब्याजको धन्दा, गुण्डागर्दी, नक्कली चेक बाउन्स, ठगी अपराधको बिषयमा निरन्तर समाचार प्रकाशन गरिरहेका छन् ।
चितवन प्रहरीको असुली धन्दाका बिषयमा पनि उनले लेख्दै आएका थिए। चितवनमा शान्ति सुरक्षा यति सम्म खस्किएको छ कि केही समय अगाडि गौरब ढकाल नामक गुण्डाको समुहले एसपी दान वहादुर मल्लकै अगाडि एक व्यबसायीलाई धम्क्याएको थियो।
एसपी मल्लको कमाण्ड कमजोर बन्दै गएपछि चितवनमा पछिल्लो समय शान्ति सुरक्षा खस्कदै गएको छ। बरालमाथि आक्रमण भएको बिषयमा प्रहरीले छानविन भइरहेको जनाएको छ।
प्रतिक्रिया