सांसद बस्नेतद्वारा भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य अघि बढाउन माग

mahesh-basnet

 काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा  प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय खेलकुद परिसर (रंगशाला)को निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन् ।

 प्रतिनिधिसभाका आजको शुन्य समयको बैठकमा बोल्दै सांसद बस्नेतले भक्तपुरको नंखेल, चित्तापोल र ताथली क्षेत्रमा नेपाल सरकारले निर्माण गर्ने भनिएको खेलकुद परिसर निर्माण चाँडो शुरु गर्न माग गरेका हुन ।

 अन्तराष्ट्रिय मान्यता अनुरुप सो कार्यको लागि एक हजार रोपनी जग्गा उपलब्ध गराउन सहरी विकास मन्त्रालयले उक्त क्षेत्रमा नयाँ सहरको डिपिआरको प्रकृया अघि बढाएको जानकारी समेत सांसद वस्नेतले दिए  । यस सम्वन्धमा सम्बन्धीत युवा तथा खेलकुद मन्त्री जति सक्दो चाँडो अघि बढाउन पनि उनले आग्रह गरे । 

 उक्त स्थानका जनताद्वारा कुनै पनि प्रकारको विरोध नभएको भन्दै  सांसद वस्नेतले भने , ‘सम्पूर्ण भक्तपुरवासीले ५० हजार क्षमताको रंगशाला, खेल परिषद्को कवोर्डहल, स्वीमिङ पुललगायतका निर्माण गर्ने कुरामा सहमति जनाएका छन् । भक्तपुरको तर्फबाट केही विरोध भएको भन्ने सूचना मन्त्रालयले प्राप्त गरेको भन्ने सुन्न आएको तर उक्त स्थानमा कसैको विरोध छैन । सवै जनताको साथ र सहयोग रहेको छ भन्ने कुरा जानकारी गराउनु चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित