रविलाई पक्राउ गर्दा काठमाडौं प्रहरी प्रमुखलाई गाली गर्ने पक्राउ

sankar bk

  काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याइदै छ ।

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार विसीलाई शनिबार पक्राउ गरिएको हो ।

उनले ‘रवि लामिछानेलाई दाइलाई फसाउने यो नै हो भ्रष्ट‘ ‘ ‘ ‘’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित