निर्वाचन आयोगद्धारा ३९ करोड माग

nirbachan aayog

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सरकारसँग ३८ करोड ९० लाख रुपैयाँ माग गरेको छ । आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उक्त रकम माग गरेको हो ।

मंसीर १४ मा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदमा एकसाथ उपनिर्वाचन हुन लागेको छ । आयोग प्रवक्ता शंकरप्रसाद खरेलले निर्वाचनको विभिन्न व्यवस्थापकीय खर्चका लागि प्रारम्भिक अनुमानका आधारमा उक्त बजेट माग गरिएको बताएका छन् ।

मंसीर १४ मा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ रिक्त पदमा निर्वाचन हुँदैछ ।

तीनै तहका लागि ३६ जिल्लाका १ सय ५४ वटा वडामा मतदान हुनेछन् । ती सबै स्थानका करिब ५ लाख मतदाताका लागि ५ सय ५० वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित