चितवनमा सुरक्षा व्यवस्थामा कडाई

rabibhid

 चितवन। चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको हो ।

 आइतबार राती अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने आदेश गरेको छ ।

 भरतपुर महानगरपालिका १० स्थित मुद्धाको अनुसन्धान,अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा चार किल्ला निर्धारण गरी भेला र प्रदर्शन निषेध गरिएको छ । तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित