अफगानिस्तानमा बम बिस्फोटमा दुई नेपालीको मृत्यु

greenvilaage

 काठमाडौं । अफगानिस्तानमा भएको तालिवानीको आत्मघाती बम बिस्फोटमा दुई नेपालीको मृत्यु भएको छ ।

काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे बम बिस्फोट भएको थियो । सो बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको मृत्यु भएको हो । बम बिस्फोटबाट एक सय १९ जना घाइते छन् ।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ ।

केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ ।

मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए ।

घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बिस्फोटमा परी चितवन घर भएका कृष्ण थापा र रोल्पा घर भएका चन्द्र पुनको मृत्यु भएको छ । थापा र पुन दुवैको घटनास्थलमा नै मृत्यु भएको हो

प्रतिक्रिया

सम्बन्धित