तोलामा १४ सयले घट्यो सुनको मूल्य

gold shop

  काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला १ सयले घटेको थियो ।

त्यस्तै चाँदीको मूल्य ९०० कायम गरिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा खरीदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित