नेपालको बिदेशी नीति राष्ट्रिय हितमै छ: परराष्ट्रमन्त्री ज्ञवाली

pradeep-gyawali1

 काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको बताएका छन ।

आज ललितपुरमा ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताए ।


राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको बताउदै उनले त्यस नीतिमा दायाँबायाँ हुन नदिने दृढता समेत व्यक्त गरे ।

मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरेपनि उनीहरुसँग वैरभाव राख्‍ने पक्षमा सरकार नरहेको पनि बताए । सरकारले नेपाल-चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि बताउदै उनले दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न पनि सरकारले बोर्डर एरियामा उक्त जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित