देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा : मुख्यमन्त्री शेरधन राई

sherdhan

 विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा,सुशासन र राजनीतिक स्थायित्व रहेको वताएका छन् ।मुख्यमन्त्री राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताए ।

 नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको बताए ।

 बैठकमा गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश नंं. १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, १४ वटै जिल्लाका प्रजिअ, प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरु सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित