दुई सहसचिव सचिवमा बढुवा

mantriparisad

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले दुई जना वरिष्ठ सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली संयोजकत्वको बढुवा समितिको सिफारिसमा सरकारले तोयम राय र शिवहरि शर्मालाई सचिवमा बढुवा गरेको हो ।

सरकारले राय र शर्मालाई विशिष्ट श्रेणीमा पदोन्नति गरेको हो । राय सामान्य प्रशासन र शर्मा इन्जिनियरिङ क्लस्टरबाट सिफारिस भएका तीन÷तीन जना सहसचिवबाट बढुवा भएका हुन् ।

बढुवासँगै रायलाई प्रदेश ३ को प्रमुख सचिव र शर्मालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सचिवमा पदस्थापन गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले यसअघि सचिवमा बढुवा भएका ऋषिराम शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत र रवीन्द्रनाथ श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित