बहुप्रतिक्षित मिस भक्तपुरको तेस्रो संस्करण असोज ११मा हुने

 Miss Bhaktapur

भक्तपुर ।
भक्तपुरमा स्थापित बहुप्रतिक्षित सौन्दर्य प्रतियोगिताको तेस्रो संस्करण मिस भक्तपुर २०७६ आयोजना हुने भएको छ। भक्तपुरका कला, सस्कृतीलाई उजागर गर्दै नव प्रतिभाहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यका साथ आयोजना गरिदै आएको यस प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने भएको हो ।


शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल इभेन्ट म्यानेजम्यान्टका अध्यक्ष तथा मिस भक्तपुर कार्यक्रमका संयोजक अरुण कवेले यहिँ असोज ११ गते प्रतियोगिताको फाइनल हुने जानकारी दिएका छन् ।
३३ जना प्रतिपर्धी मध्येमा १४ जना छनौट गरिएको र उक्त १४ जनालाई आगामी ११ गते अन्तिम छनौटमा लगिने आयोजकले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई प्रशिक्षणका क्रममा क्याटवाकसहित व्यक्तित्व विकास, करियर काउन्सिलिङ, मोटिभेसन, आदि विधामा दक्ष बनाइने समेत इभेन्ट संयोजक एबम् नेपाल इभेन्ट म्यानेजम्यान्टका अध्यक्ष कवेले बताए ।

भक्तपुरको योयो पार्टि प्यालेसमा हुने उक्त प्रतियोगितलाई माछापुच्छ्र्रे बैंक लिमिटेड, वेभ ग्रुप र व्रिज वाटर कलेजले सहयोगले गर्ने आयोजकले जनाएको छ । १४ जना प्रतिपर्धीमा विजेता वा प्रथम हुनेलाई स्कुटर, दोस्रो हुनेलाई ल्यापटप र तेस्रो हुनेलाई मोवाइलको साथमा गिफ्ट हेम्पर, एक जनालाई होण्डाको व्राण्ड एम्बेष्टर बनाउने र १० जनालाई गिफ्ट हेम्पर सहित अवार्ड प्रदान गरिने संस्थाका सचिव राज थापाले बताए। 

उक्त कार्यक्रमबाट मुनाफा भएको केही रकम भक्तपुरमा सडक मानव मुक्त बनाउने अभियान सञ्चालन गरी भक्तपुरको चाँगुनारायण यातु महादेव नजिकै आफ्नो कार्यालय सञ्चालन गरिरहेको मानव कल्याण सेवा घरलाई केही सहयोग गर्ने समेत बताइएको छ । आयोजकका अनुसार बिउटी विथ ब्रेनको अवधारणा अनुसार अगि बढेको प्रतियोगीता अन्तर्गत ब्राण्ड एम्बास्टर छनौट मात्र भोटिङ राउण्डमा हुने गरेको र क्षमता पैसामा नबिकोस् भनेर यस्तो गरिएको र अन्य सबै राउण्ड क्षमता प्रदर्शनकै आधारमा हुने छ । प्रतियोगीतामा १६ देखि २५ बर्ष उमेर समुहका एसईई उतीर्ण युवती सहभागी हुन सक्ने प्रावधान राखिएको छ । प्रतियोगीतामा सहभागी हुन एक ब्यक्तिबाट फाराम भर्दाको शुल्क रु ५ सय र थप रु १२ हजार लिएको आयोजकले जनाएको छ । मिस भक्तपुर पहिलो संस्करणमा एलिना खड्का र दोस्रोमा रोसिका देउजा विजेता भएका थिए ।


पत्रकार सम्मेलनमा हनुमन्ते नदी सफाई अभियनका उत्प्रेरक रुद्र पौडेल , बरिष्ठ चलचित्र निर्देक एबम् हनुमन्ते नदी सफाई अभियनका अगुवा अभियन्ता मदन घिमिरे ,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, वेभ ग्रुपका अध्यक्ष एबम् हनुमन्ते नदी सफाई अभियनका अगुवा अभियन्ता नरेश रन्जित र राजु कुटु लगायतले उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित