शुक्रअस्तको बेला प्रधानमन्त्रीलाई शिलान्यास गराउने पण्डित कारवाहीमा

samsad

 काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीलाई हिन्दु धर्म र दर्शनशास्त्र विपरित शुक्रअस्त भएको बेला दुई महत्वपूर्ण कार्यालय शिलान्यास गराउन सहयोग गर्ने पण्डित कारबाहीमा पर्ने भएका छन् । साउन ४ गतेदेखि असोज १० गतेसम्म शुक्र अस्त परेको र भदौ २८ गते देखि सोह्रश्राद्ध लागेको समयमा शुभ कार्य गर्न हुँदैन ।

 तर प्रधानमन्त्री केपी शर्मा ओलीले यही अवधिमा करिव ९ अर्ब रुपैयाँको लगानीमा सिंहदरबारस्थित पुतलीबगौंचामा करिव सात सय रोपनी जग्गामा निर्माण गरिने संसद भवनको शिलान्यास गरेका थिए । शुक्रअस्त परेको बेला शुभकार्य जस्तै विवाह, ब्रतवन्ध, गृह प्रवेश, व्रत आरम्भ, व्रत अध्यापन तथा गृहलगायत कुनै पनि निर्माण आरम्भसहतिको बैदिक अनुष्ठान गर्न हुँदैन ।

 ज्योतिषशास्त्र अनुसार यस्तो अवधीमा शुभकार्य गरेमा अशुभ हुने र फलिफाप नहुने मान्यता छ । यसअघि निर्माण गरिएको र प्रधानमन्त्री निवास रहेको बालुवाटारको भवन समेत बास्तुशास्त अनुसार नमिलेको र ज्योतिषशास्त्र अनुसार मेल नखाएका कारण बालुवाटार निवास बनाउने प्रधानमन्त्री कसैको पनि वहिर्गमन सहज भएको छैन ।

 प्रधानमन्त्री ओलीलाई शुक्रअस्त भएकाले शिलान्यास नगर्न भनी सुझाव नदिएको र शुक्रअस्त भएको बेला संसद भवन र प्रधानमन्त्री भवन शिलान्यास गर्ने पुरोहीतलाई कारबाही गर्ने निर्णय भएको पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जनाएका छन् ।

 प्रधानमन्त्री ओलीले शिलान्यास गरेको पुतलीबगौंचामा नेपाली सेनाको गण बसेको छ । गणलाई स्थान्तरण गर्न करिव ५ सय रोपनी जग्गा जरुरी हुन्छ । त्यो सम्भव छैन । त्यस्तै वालुवाटारमा निर्माण गर्न लागिएको भवन पनि बलौटे धाप जमिन भएकोले भवन उपयुक्त नहुने इन्जिनियहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित