करोडौं खर्चिदा पनि विमानस्थलको अवस्था खस्कदै

domestic

 काठमाडौं । मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था देख्दा स्वदेशी पर्यटकको मात्र होइन बिदेशी पर्यटकको पनि मन खिन्न हुन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा देशका डाडाँकाडा, तराई, पहाडमा जानका लागि प्रयोग गरिने अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको अवस्था दयनिय नै छ भन्दा फरक पर्दैन ।

  आफूलाई दोस्रो कुलमानसिंह घिसिङ भन्न रुचाउने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिमानस्थलको आन्तरिक तर्फको सरसफाईमा कुनै ध्यान नदिदा विमानस्थलको अवस्था खस्कदै गएको हो ।

 काममा भन्दा बढी हल्लामा रमाउने महाप्रवन्धक क्षेत्रीले विमानस्थलको पास होल्डर गेटकै सरसफाईमा ध्यान दिएका छैनन् । सरसफाईका लागि नियुक्ती गकिएका कर्मचारीहरु काम नै नगरि तलव बुझिरहँदा पनि क्षेत्री कानमा तेल हालेर बसेका छन् ।

 अन्तर्राष्ट्रियतर्फ केही सफा देखिए पनि आन्तरिक विमानस्थलको अवस्था भने दयनिय नै छ । आन्तरिक तर्फको शौचालय प्रवेश गर्ने हो भने मुख्य सडकमा रहेको सार्वजनिक शौचालय भन्दा कम छैन । त्यहि विमानस्थलको सरसफाईका लागि राज्यले करोडौं खर्चेको छ । तर, शौचालय दुर्गन्धित छ ।

 राजधानीबाट स्वेदशी पर्यटकीय गन्तव्यहरुमा यात्रा गर्ने विदेशीहरुले विमानस्थको यस्तो अवस्था देख्दा कस्तो सन्देश जाला ? यस विषयमा न पर्यटन मन्त्रालयले ध्यान दिएको छ न त नागरिक उड्डयन प्राधिकरण र विमानस्थल प्रशासनले नै । महाप्रबन्धक, टर्मिनल विभागका प्रमुख उत्सव खरेल र आन्तरिक विमानस्थलका प्रमुख परवेज आलम सिद्धिकीकै लापरवाहीका कारण आन्तरिक बिमानस्थलको शौचालयको अवस्था विजोग भएको हो ।

 विमानस्थल प्रशासनले ठूलो आर्थिक चलखेल गरी आफू निकटकालाई टेण्डर दिलाउन सोही कम्पनीसँग मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाई टेण्डर दिलाएका कारण विमानस्थलको यस्तो अवस्था आएको विमानस्थलका एक कर्मचारी बताउँछन् ।

 यस बारेमा बिमानस्थलका महाप्रबन्धकलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशक प्रदिप अधिकारीसँग नजिक रहेकै कारण व्यवसायी प्रकाश ढकालले आन्तरिक बिमानस्थलको सफाईको जिम्मा पाएका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित