मुस्कानलाई भेटेर के भने महानायक हमालले ?

muskan

   काठमाडौं । महानायक राजेश हमालले एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई भेटेका छन् । सोमबार कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् ।

भेटपछि अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने भनी सान्वना दिँदै छिट्टै घर फर्किन मिल्ने आश्वासन समेत दिएका थिए ।

भेटमा राजेशले मुस्कानलाई भविष्यमा के बन्न मन छ भन्ने प्रश्न गर्दा उनले डाक्टर बन्न मन लागेको बताएकी थिइन् । राजेशले शुभकामनासहित भने–‘म यहीँ उमेरमा कलाकार बन्छु भनेर हिडेको थिएँ । आज कलाकार भएँ । तिमी पनि भविष्यमा राम्रो डाक्टर बन्नु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित