ठगी आरोपमा एनआरएनए मलेसियाका प्रतिनिधि टमाटा पक्राउ

pakrau_2

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि काठमाडौं आएका एनआरएनए मलेसियाका एक प्रतिनिधि ठगी आरोपमा पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसर ललितपुरको टोलीले केही समय अघि एनआरएनए मलेसियाका प्रतिनिधि टेकबहादुर टमाटालाई महाधिवेशन स्थल ह्यात होटल परिसरबाटै पक्राउ गरेको हो ।

मलेसियामा रेष्टुरेन्ट व्यवसाय गराइदिने भन्दै टमाटाले तीन जनासँग २५ लाख रुपैयाँ असुलेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । टमाटाविरूद्घ ललितपुरकी देवी गुरुङ, कौशलटारकी सुमित्रा घिमिरे र स्याङ्जाका नन्दबहादुर क्षेत्रीसँग २५ लाख रुपैयाँ असुलेको भन्दै उजुरी परेको थियो ।

त्यसैगरी महाधिवेशन स्थलमा तोडफोड गरेको अभियोगमा एनआरएनए अष्ट्रेलियाका प्रतिनिधि इशान शाक्य प्रक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर हुलहुज्जत गरी तोडफोड गरेको अभियोगमा हिजो राती पक्राउ परेका शाक्यलाई शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । शाक्यालाई प्रहरी बृत्त बौद्धले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित