बिप्लब समूहको जिल्ला सेक्रेटरी सुन्तली पक्राउ
काभ्रे । काभ्रेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।
प्रहरी चौकी पनौतीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत नेतृत्वको टोलीले पनौती ९ बाट पक्राउ गरेको हो ।
रोशी गाउँपालिकाको शिसाखानीबाट पनि बुधबार राती २ जना पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।
चन्दा असुली र गतिविधि बढाएपछि प्रहरीले चन्द समूहका कार्यकर्ता माथि निगरानी बढाएको थियो ।
प्रतिक्रिया