छठको दिन बाढी पीडितलाई १ करोड बाढ्दै अक्षय

akshya kumar

  काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले बिहारका बाढी पीडितलाई १ करोड भारतीय रुपैंया सहयोग गर्ने भएका छन्।

बिहारमा आएको बाढीका कारण प्रभावित भएकामध्यै धेरै प्रभावित २५ परिवारलाई छनौट गरी छठ पूजाको अवसरमा उनले चार–चार लाख रुपैंया दिने बताइएको छ।

अक्षयले बाढीबाट प्रभावित २५ घरलाई १ करोड रुपैंया सहयोग गर्न लागेको भारतीय संचार माध्यमले जनाएको छ।

यसअघि पनि अक्षयले असामका बाढी पीडितलाई दुई करोड रुपैया सहयोग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित