डीएसपी शाहीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । प्रहरी आचरण उल्लंघन गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी्) हेमबहादुर शाहीमाथि छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन भएको छ ।
प्रदेश ५ प्रहरीले आचरण उल्लंघन गरे नगरेको बारे अनुुन्धान गर्न प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
छानबिन समितिमा प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठ, प्रहरी नायब उपरीक्षक (डीएसपी( नवराज पोखरेल, प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक मल्ल र प्रहरी नायब निरीक्षक (सई) वसन्त ओली छन् ।
समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न समय तोकिएको ५ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।
डीएसपी शाहीमाथि नेपाल तरुण दलका नेपालगञ्ज कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको तर खसी नदिएपछि नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गरेको आरोप लागेको छ ।
सन्दीपजंग शाही र केशर खड्का व्यवसायिक पार्टनरसमेत हुन् । केशर खड्कासँग डीएसपी शाहीले दसैंमा खशी मागेको फोन रेकर्डसमेत सार्वजनिक भएको छ ।
शाहीले आफैंले हतियार राखेर सन्दीपजंगसहितको टोलीलाई फसाएको भन्दै नेपाल तरुण दलले विज्ञप्ति नै जारी गरिसकेको छ ।
प्रतिक्रिया