'त्यागी नेता ढकालको उम्मेदवारीमा विरोध गर्नुको अर्थ छैन'

dp dhakal 1

   काठमाडौं । निर्वाचन आयोगल मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी थालेको छ । आयोगको निर्णयसँगै राजनीतिक दलहरु यतिबेला उम्मेदवार चयनमा जुटेका छन् ।

कपितय स्थानका लागि उम्मेदवार चयन भएपनि सबै दलले उप निर्वाचन हुन लागेका ५० वटै स्थानका लागि उम्मेदवार अझै छनौट गर्न सकेका छैनन् ।

आयोगका अनुसार संघमा १, प्रदेशमा ३, स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।

यता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेपनि पार्टिीभित्रै त्यसको विरोध भइरहेको छ ।

नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा हुने प्रदेश सभा सदस्यको उम्मेदवारमा ढकाललाई चयन गरेको हो ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले भक्तपुरको प्रदेश सभा सदस्य पदका लागि ढकाललाई उम्मेदवारमा सर्वसम्मत चयन गरेको थियो ।

भक्तपुर जिल्ला कमिटीले प्रस्ताव गरेको ३ नाममा एक महिला थपेर प्रदेश ३ को पार्टी पदाधिकारी बैठकले शुक्रवार ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो । प्रस्तावित नाम मध्ये ढकाल सिनियर भएको र राजनीतिक रुपमा परिपक्वसमेत भएको ठहर गर्दै सचिवालय बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

यस अघि निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि पार्टीले नेकपाको बिरासत बचाइराख्ने जिम्मेवारी ढकाललाई दिएको हो ।

तर, पूर्वमाओवादीलाई टिकट दिइएको भन्दै पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी नै गरे ।

यो घटनाले पार्टी एकीकरण भएपनि नेता कार्यकर्ताहरु अझै मिल्न नसकेको देखाउँछ । यद्यपी ढकाल उम्मेदवार बन्न लायक नेता हुन् वा होइनन् भन्ने आवाज पनि यतिबेला उठिरहेको छ ।

नेकपाले उम्मेदवार बनाउने घोषणा गरेका नेता ढकाल पूर्व माओवादी पृष्ठभूमीका हुन् । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यमा यस अघिको निर्वाचनमा समेत उनी नेकपा (माओबादी केन्द्र) का तर्फबाट उम्मेदवार रहेका थिए ।

तर, उनले उम्मेद्वारी दर्ता गराएपछि तत्कालिन नेकपा (एमाले)का पार्टी सचिव हरिशरण लामिछानेले पनि उम्मेद्वारी दर्ता गराउँदा माओवादी केन्द्रको निर्देशनमा ढकाल पछि हटेका थिए ।

स्थानीय स्तरमा विरोध भए पनि यस अघिको निर्वाचनमा आफ्नो उम्मेदवारी फिर्ता लिएर तत्कालिन एमालेकोतर्फबाट चुनावी मैदानमा उत्रिएका लामिछानेलाई साथ दिएका ढकाललाई उम्मेदवार बनाएर dp dhakal

  पार्टीले सही निर्णय गर्यो भन्ने नेता कार्यकर्ताहरु भने धेरै छन् ।

आपूm निर्वाचित नभएपनि भक्तपुरमा रहेर उनले जनताका लागि गरेका राम्रा कामहरु धेरै छन् । जुन भक्तपुरबासीले मनन गरिरहेका पनि छन् ।

२०३८ सालमा काभ्रेको देउपुरमा जन्मिएका नेता ढकाल नयाँ पुस्ताका उदीयमान नेता हुन् । उनी भक्तपुरमा क्याम्पस पढ्दापढ्दै अखिल क्रान्तिकारीका नेता भएका थिए । २०५८ सालमा पक्राउ परेका उनले १ वर्ष जेल जीवन विताए ।

जनयुद्धमा जनमुक्ति सेनाको हैसियतले सामेल भएका उनी २०६१ सालमा दोस्रो पटक पक्राउ परे । ढकाल त्यतिबेला करिव ३ वर्ष जेल बस्न बाध्य बनेका थिए ।

तत्कालिन माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै नेता ढकालले केन्द्रमै बसेर काम गरे । वर्षमान पुन अर्थमन्त्री हुँदा ढकाल प्रमुख स्वकीय सचिव थिए ।

तत्कालिन नेकपा (माओबादी केन्द्र) र नेकपा (एमाले) बीचको पार्टी एकतासँगै बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उनी अहिले भक्तपुर जिल्ला कमिटीका सचिव र प्रदेश नम्बर ३ का सदस्य छन् ।

ढकाल नेकपा भित्र बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । उनले ‘नेपाली क्रान्ति’, ‘कम्युनिष्ट आन्दोलनको बहस’, ‘पूजीवादी र समाजबादी अर्थराजनीतिक विकासक्रम’लगायत आधा दर्जन पुस्तक लेखिसकेका छन् ।

ढकाल हाल भक्तपुर नगरपालिका–१० का स्थायी बासिन्दा हुन् । ढकाल आफू उम्मेदवार रहेको क्षेत्रमा भक्तपुर–१० का साथै चाँगुनारायण नगरपालिकाका सबै वडा पर्दछन् ।

यस्ता छन् ढकालले गरेका महत्वपूर्ण कामहरु
१. भत्केपाटी नगरकोट सिपाघाट सडक ईन्डियन एक्जिभ बैंक मार्फत बजेट हाल्न सफल
२. सुडाल गोस्कुल सडक स्तर उन्नतीको निम्ति पहल गरि काम सम्पन्न
३. भक्तपुर नगरपालिका–१० मा पाईपलाईनको बाटो बिस्तार
४. कमलविनायकदेखि चरेली सम्म थ्रिफेज लाईन बिस्तार
५. हिजोका साबिक गाबिस हरुमा १० देखि २५ लाख सम्म बजेट बिनियोजन गर्न सफल
६. भक्तपुर चक्रपथका बिभिन्न खण्डमा करिब ५० लाख बजेट बिनियोजन गर्न सफल
७. २०७२ सालको भूकम्प र बाढी पश्चात् पुणःनिर्माणको काममा सक्रियतापुर्वक सहभागी
आफ्नो स्वार्थ पूरा गर्न नपाएको एउटा झुण्डले विरोध गरेपनि २०५३ साल देखि भक्तपुरको विद्यार्थी आन्दोलनमा सहभागी भई पुर्णकालिन राजनितीमा होमिएका ढकालको उम्मेदवारीले सिंगो भक्तपुर मात्र नभई केन्द्रीय स्तरमा समेत खुसीयाली छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित