जनप्रतिनिधिहरुकै कारण भक्तपुर पछि परेको थियो : सांसद बस्नेत
भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् केन्द्रीय सदस्य महेश बस्नेतले विगतमा केही जनप्रतिनिधिहरुका कमी कमजोरिका कारण भक्तपुर विकासबाट टाढा रहनुपरेको भन्दै अब त्यस्तो नहुने बताएका छन् ।
भक्तपुरका कुनै पनि पिछडिएको जिल्ला वा ठाउँको परिचय बदल्नका लागि अब धेरै लामो समय पर्खनु नपर्ने भन्दै सांसद बस्नेतले भने–‘अबको दिनमा भक्तपुर पिछडिएको जिल्ला नभई विकासित र शु–संस्कृत भएको जिल्लाको रुपमा परिचित हुन्छ ।
मध्यपुर थिमी नगरपालिका–५ स्थित कमेरोटार नगर विकास संयोजन समाजको शनिवार आयोजित तेस्रो साधारण सभामा बोल्दै सांसद बस्नेतले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै भक्तपुरको विकास तिव्र गतिका साथ अघि बढिरहेको बताए ।
कार्यक्रममा बोल्दै पूर्व उद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले उहाँले समग्र भक्तपुर तथा कमेरोटारका समस्या समाधान गर्न आफ्नो तर्फबाट जस्तो सुकै सहयोग हुने समेत प्रतिवद्धता व्यक्त गरे ।
भक्तपुरको विकासको लाइफ लाइनको रुपमा रहेको हनुमन्ते नदीको करिडोर दुई÷तीन वर्ष भित्रमा निर्माण सम्पन्न हुने बताउँदै उनले राजनीतिक शक्ति तथा सम्पत्तीको आडमा न्याय नमर्ने पनि बताए ।
उनले भने–‘वर्तमान सरकारले कानुनलाई कडाईका साथ लागु गर्ने क्रममा सवालमा कानुनको नजरमा कोही उच्च र निच गर्दैन र गर्नु हुँदैन ।’
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद प्रतिमा श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, संविधान सभाका सदस्य शिवबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समाजको शनिवार आयोजित तेस्रो साधारण सभाले १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट श्री बहादुर खड्का अध्यक्षमा विजयी भए । निर्वाचित भएका खड्काले समाजका समस्या समाधान गर्न आफू अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया