चार वटा प्रदेशमा नेपाल बालकुमारी क्योकुशिन कराते संघको जिल्ला संघ विस्तार

karate

  काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघले चार वटा प्रदेशमा जिल्ला संघ विस्तार गरेको छ । जसअन्तर्गत प्रदेश ३ मा कार्तिक २३ गते मकवानपुर क्योकुशिन कराते संघ, कार्तिक २४ गते प्रदेश २ मा पर्सा क्योकुशिन काराते संघ तथा कार्तिक २६ गते प्रदेश ५ मा नेपालगञ्ज क्योकुसिन कराते संघ र कार्तिक २७ गते प्रदेश ४ मा नवलपुर क्योकुशिन कराते संघ गठन भएका हुन् ।

प्रदेश ३ अन्तर्गत मकवानपुर जिल्ला संघमा बुद्धिनाथ न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको छ भने प्रदेश २ अन्तर्गत पर्सा जिल्ला संघमा दिपकुमार बमार्मको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल बालकुमारी क्योकुशिन कराते संघका सचिव अनिल सुवेदीले बताए ।

त्यसैगरी प्रदेश नम्बर ४ मा गठन भएको नवलपुर जिल्ला संघमा गुञ्जबहादुर राईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको छ भने प्रदेश ५ अन्तर्गत नेपालगञ्ज जिल्ला संघमा सुरेन्द्रजंघ शाहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको बताउँदै सचिव सुवेदी भन्छन्–बाँकी तीन वटा प्रदेशमा पनि छिट्ट जिल्ला संघ गठन गरिन्छ ।’

नेपाल बालकुमारी क्योकुशिन कराते संघका केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला संघहरु गठन भएको पनि सचिव सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित