खसी काटेर भाेज गर्दै गर्दा मध्य रातमा यसरी पक्राउ परे ४७ जना जुवाडे

pakrau_2

  काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले मध्यरातमा ९ लाख ५७ हजार ८ सय ७० रुपैयाँ नगदसहित प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई धुलिखेल–९, रानाछापस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा राती १ बजे पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बिहान १ बजे पुगेको प्रहरीले घरधनी महेश रानाभाटसहित २३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरीले ६ लाख ५० हजार खालबाट, १ लाख ८ हजार गुप्त अंगमा र १ लाख ४९ हजार जुत्तामा लुकाइरहेको अवश्थामा बरामद गरेको हो ।

प्रहरीका अनुसार बिहान १ बजे प्रहरी पुग्दा उनीहरूमध्ये काेही खसी काटेर भाेज गर्दै थिए भने काेही जुवा तास खेलीरहेका थिए ।

पक्राउ पर्नेमा धुलिखेल–३ का भिमसेन लामा, कृष्णकुमार तामाङ, नुवाकोटको शिवपुरी–७ का सन्तोष पाण्डे, प्रविण पाण्डे, नमोबुद्ध–२ का नेमा लामा, नमोबुद्ध–३ का अर्जुन तिवारी, काठमाडौं–३५ घर भई नमोबुद्ध–४ बस्ने रमेश तिवारी, रोशी–७ को पुष्कर दर्जी, दोलखाको मेलुङ–३ का दिपक थोकर र विगु–४ का राजन शर्मा छन् ।

त्यसैगरी नुवाकोटकै लिखु–१ का नवराज सिं, गोरखाको सिरानचोक–५ का अमृत बानियाँ, झापाको कमल–५ का जितेन्द्र तामाङ, बनेपा –११ का सुमन अधिकारी, बेथानचोक –२ को जयराम तिमल्सिना, चौरीदेउराली–५ को रामप्रसाद चौलागाई, पाँचखाल–४ का अच्युत चौलागाई, महाभारत –३ घर भइ हाल बनेपा –१० बस्ने सुजन लामा, बनेपा –६ को सुजन केसी, सिन्धुपाल्चोकको बाह्रबिसे –२ घर भई बौद्ध बस्ने नविन गुरुङ, मकवानपुरको थाहा–६ घर भई सतुंगल बस्ने भुवन बलामी र थाहा–७ शिखरकोटका बसुन्धरा केसी रहेका छन् ।

यसैबीच, महानगरीय प्रहरी प्रभाग वाँडेगाउँबाट खटिएको प्रहरी टोलीले आइतबार राती ललितपुर, गोदावरी नगरपालिका–४ वडिखेल बस्ने राम कुमारी पहरीको घरमा जुवातास खेलिरहेको अवस्थामा २४ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले बडिखेल बस्ने ४८ वर्षीय अशोक कुमार पहरी समेत २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित