एनआरएनए मकाउ र विप्स ल एसोसिएट्सबीच सम्झौता

nrna makau

  काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मकाउ र विप्स ल एसोसिएट्स प्रालि काठमाडौंबीच निःशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।

रोजगारीको सिलसिलामा मकाउ गएका नेपालीलाई नेपालमा आइपर्ने कानुनी समस्याको समाधान र नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा कम्पनीले कानुनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतामा एनआरएनए मकाउका तर्फबाट अध्यक्ष पूर्णबहादुर गुरुङ र विप्स ल एसोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले हस्ताक्षर गरेका छन् ।

एनआरएनए मकाउको सिफारिसमा मकाउबासी नेपालीले टेलिफोन र इमेलबाटै कानुनी परामर्श लिन सक्ने विप्स ल का सञ्चालक सन्तोष तिवारीले बताए । साथै, विप्स ल एसोसिएट्सले कानुनी परामर्शका लागि एउटा छुट्टै डेस्कको व्यवस्थापन गर्ने समेत सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित