पहिलो आरोप ‘निराधार हस्तक्षेप’ र दोस्रो ‘खतरनाक र निरर्थक’ : ट्रम्प

trump

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्रेटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको भन्दै ‘कु’ को प्रयास भएको आरोप लगाएका छन् ।

डेमोक्रेटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७ औं शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको टिप्पणी गरेका छन् ।

पेलोसीलाई लेखिएको पत्रमा उनले अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्धूको घोषणा गरेको आरोप लगाएका छन्। मंगलबार पठाइएको पत्रमा उनले महाभियोगजस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताएका हुन् ।

ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रियाअन्तर्गत बुधबार मतदान हुँदैछ । मतदानमा परिणाम केही फरक आउने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन् । यो राष्ट्रपतिले गरेको असाधारण हस्तक्षेप हो ।

शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्‍याएको भन्ने विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप ‘निराधार हस्तक्षेप’ भएको र दोस्रो ‘खतरनाक र निरर्थक’ भएको बताए।

व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको आरोपमाथि बुधवार उनले महाभियोगसम्बन्धी मतदानको सामना गर्दैछन् ।

उनले आफ्नो पत्रमा महाभियोग प्रकरणको सुरुदेखि नै उचित संवैधानिक प्रक्रियाबाट आफू विमुख भएको र प्रमाण प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार पनि नदिइएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट«म्पलाई सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रुपमा बोलाएका थिए। तर, उनी सहभागी भएनन् ।
ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्‍याएको दुईवटा आरोप छन् । बुधबार तल्लो सदनले महाअभियोगको पक्षमा मतदान गरेमा ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति हुनेछन् ।

तल्लो सदनबाट पारित भएमा सो महाअभियोग प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा छलफल हुनेछ । जहाँ रिपब्लिकन र डेमोक्रेट दुवैले स्वतन्त्र सुनुवाई गर्नेछन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित