उ जित्न दिँदैन, म हार्न जान्दिन
काठमाडौं । नायिका शिल्पा पोखरेलका पछिल्ला दिनहरू बेरोजगार जस्तै छन् । उनलाई फिल्म र म्युजिक भिडियोमा अफर आउन छाडेका छन् ।
अफर आएपनि पोखरेललाई चित्त बुझ्ने खालका कुनै पनि हुँदैनन् । नायिका पोखरेललाई अहिले पनि नेपाली फिल्ममा धेरैले रुचाउँछन् ।
तर, उनका बेलाबेला आइरहने फण्डाका कारण दर्शकहरू खिन्न भएका छन् । उनले ‘गजबको प्रतिस्पर्धा चल्दैछ, भाग्य र मबीच, उ जित्न दिँदैन, म हार्न जान्दिन’ भनेर फेसबुकमा स्टाटस लेखेकी छिन् ।
फिल्म मेकर छविराज ओझासँग दोस्रो विवाह गरेपछि विवादमा आएकी पोखरेललाई अझै झमेलाले छाडेको छैन । ओझाकी जेठी पत्नीले वहुविवाहको मुद्दा काठमाडौं जिल्ला अदालतमा हालेपछि पोखरेलाई तनाब भएको हो ।
उचित समयमा उचित निर्णय लिन नसकेकै कारण नायिका पोखरेल संकटमा परेको चर्चा फिल्मकर्मीहरूले लगाउने गरेका छन् । पोखरेलका सल्लाहकारहरूले उचित सल्लाह नदिएको आरोप छ । पोखरेलले बनाएका दिदी र दाईका कारण उनलाई ठूलो झमेला भएको बताइन्छ ।
हिरासतमा जानबाट बचेकी पोखरेललाई अझै पनि सजिला दिन आइसकेका छैनन् । जति बेला पनि उनलाई कानूनले च्याप्न सक्छ । आफ्नै पति ओझालाई महिला हिंसाको आरोप लगाएर काठमाडौं प्रहरी परिसरमा उजुरी हालेपछि विवादले त्यस बेला ठूलो रुप लिएको थियो ।
ओझा पत्नीका कारण हिरासतमा झण्डै बस्नु परेको थियो । आफ्नै पतिलाई हिसातको मुखसम्म पु¥याउने नायिका पोखरेललाई समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको छ ।
समाजको दृष्टिले गर्दा पनि पोखरेललाई संकट आएको छ । उनले भविष्यमा राम्रो काम गर्लिन्, तर, उनलाई दर्शक, निर्माता र कलाकारहरूले विश्वास गर्ने वातावरण बनाउन लामै समय लाग्ला ।
ओझासँग पोखरेलले किन विवाह गरेकी थिइन् भन्ने कुरा छर्लङ्ग भएका छन् । आफ्ना अन्तर्वार्ताहरूमा ओझा र पोखरेलले आफै नै भन्ने गरेका छन् । बुढेसकालमा राम्री महिलाको चाहना ओझालाई थियो ।
घरबार बिग्रिएकी पोखरेललाई पनि ओझा जत्तिको व्यक्ति पाउनु बरदान सरह थियो । ओझाले पनि पोखरेललाई गर्नुसम्मको सहयोग गरे । फिल्महरूमा नायिका बनाउनेदेखि होमप्रोडक्सनका फिल्म बनाए ।
ओझाले बनाएका फिल्महरूले राम्रो चर्चा पनि कमाए । ती फिल्मले गर्दा पोखरेलको जीवनले नयाँ उचाइँ छोयो । उचाइँमा पुगेकी नायिका पोखरेलका किन दिनदशा बिग्रिए खोजीको विषय बनेको छ ।
पोखरेलले ओझाले दिनदिन पिटेका कारण आफूले प्रहरीमा उजुरी दिएको आरोप लगाएकी छिन् । यतिसम्मकी आफ्ना अन्तर्वार्ताहरूमा पोखरेलले रुदै डिभोर्सको कुरा गर्ने गरेकी छिन् ।
ओझाको हिंसामा पोखरेल परिन् होला भनेर सबैले विश्वास पनि गरेका छन् । वृद्ध अवस्थामा पुगेका ओझालाई नायिका पोखरेलले हिंसा गरिनन् होला र ? घरमा आउँदा पत्नीसँग पतिले राख्ने अपेक्षा पोखरेलले नदिँदा झगडा हुनु स्वभाविक थियो ।
त्यही झगडा प्रहरी हुँदै अदालतसम्म पुगेको अहिले आएर खुलिसकेको छ । अब यो विषयको अन्तिम टुंगा नलाग्दासम्म नायिका पोखरेलका जीवन सहज हुने छैनन् । नायिका पोखरेलले फेसबुकमा लेखेको स्टासले उनी जिद्धी छिन् भन्ने देखाउँछ ।
उनको जिद्धीका कारण ओझासँगको दाम्पत्य जीवन सुखद् हुन नसकेको चर्चा छ । चाहे जे भएपनि नायिका पोखरेल र फिल्म मेकर ओझाले पुनः राम्रोसँग घरजम गरेर बसेको हेर्न चाहनेहरू धेरै छन् ।
अविश्वासको जरा जहाँबाट गाडिएको थियो त्यहीँबाट पुनः जीवनको शुरुवात गर्न शुभेच्छुकहरूले सुझाव दिएका छन् ।
नायिका पोखरेललाई राम्रा फिल्म र म्युजिक भिडियोहरू खेलेका हेर्ने चाहना शुभेच्छुकहरूको छ । पोखरेलमा नायिकामा हुनुपर्ने धेरै गुण र ज्ञान नहुन सक्छ । तर, ओझाको फिल्ममा खेल्दा पोखरेलका सबै कुरालाई दर्शकले भुल्ने गरेका छन् ।
त्यो मौका लिन नायिका पोखरेल चुक्नु हुँदैन । पोखरेलले विगतको आफ्नो जीवनलाई पनि नियाल्नुपर्छ ।
विगत कस्तो थियो भन्ने कुरा स्मरण गर्नेवित्तिकै नायिका पोखरेललाई पुनः घरजम गर्न र फिल्ममा खेल्न सहज हुनेछ ।
प्रतिक्रिया