एकताको बाँकी टुङ्गो लगाउँदै नेकपा

olipk

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने जनाएको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ ।

त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिरहेको पार्टी सङ्गठन विभागका सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

नेकपामा बाँकी रहेका एकताका कामको प्रतिवेदन तयार गरी सचिवालयमा बुझाइसकेको बताउँदै उनले त्यसलाई सचिवालयले टुङ्ग्याउन बाँकी रहेको बताइन् ।

सङ्गठन विभागका बैठक बसेर बाँकी रहेका एकताका कामहरू कसरी चाँडो टुङ्ग्याउन सकिन्छ, त्यसको बारेमा छलफल गरी सचिवालयलाई सुझाव दिने उनले बताइन् ।

सचिवालय सदस्य झलनाथ खनालले पुस २३ गतेअघि एकताका बाँकी सबै काम टुङ्गो लगाउने निर्णय भएको छ ।

नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित