भ्रमण वर्षकाे अघिल्लाे दिन विश्वका चर्चित टावरमा नेपालको झण्डा
काठमाडौं । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० शुरु हुन अब ३ दिन मात्र बाँकी छ । भ्रमण वर्षको शुरु हुनै लाग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने जानकारी गराएका छन् ।
मन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वका मुख्य एक दर्जन शहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको लोगो फहराउने गरी गैरआवासीय नेपाली संघले तयारी गरेको जानकारी गराएका छन् ।
डिसेम्बर ३१ मा नेपालको झण्डा फहराइने जानकारी गराउँदैमन्त्री भट्टराईले फेसबुक वालमा लेखेका छन्–‘ VNY 2020 र नयाँबर्षका सन्दर्भमा विश्वका अग्ला भवन र टावरहरुमा नयाँबर्षको अधिल्लो साँझ Dec 31 मा नेपालको राष्ट्रिय झन्डा र VNY को लोगो फहराउन गैर आबासीय नेपाली संघ ( NRNA) का अध्यक्ष कुमार पन्तजीलाई अनुरोध गरेकोमा वहाँले सहर्स स्वीकार गर्दै
- Sydney, Australia
- Wellington, New Zealand
- Tokyo, Japan
- Seoul, South Korea
- Doha, Qatar
- Dubai, UAE
- Hong Kong
- Munich, Germany
- Brussel, Belgium
- London, UK
- New York, USA
- Dublin, इरेल्यान्ड
- Toronto क्यानाडा
- Chicago USA
लगायतका स्थानमा गर्न सम्बन्धित देशका NRN का मित्रहरुलाई अनुरोध गरिएको जानकारी दिनुभएको छ । कुमारजीलाई धन्यवाद र उपरोक्त बाहेकका अन्य ठाउँमा समेत यो कार्यलाई अघि बढाउन सम्बन्धित देशका NRN का मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु ।
युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।
प्रतिक्रिया