विद्यार्थीहरुद्धारा त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड भएको छ ।
उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेका नेविसंघका केही विद्यार्थीहरुले आज बाँस्कोटाको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् ।
विभिन्न विभाग र क्याम्पसमा उपकुलपतिले आफूखुसी तीन महिने नियुक्ति गरेको विषयमा रुष्ट बनेका विद्यार्थीहरुले तोडफोड गरेको बताइएको छ ।
उपकुलपति कार्यालयका प्रमुख कमल घिमिरेले उपकुलपतिसँग कुरा गर्नुछ भनेर आएका विद्यार्थीहरुले आफूहरुलाई बाहिर निकालेर तोडफोड गरेको बताए ।
उनले भने–‘हामीलाई बाहिर जान भनेपछि हामी निस्कियौं। दुई मिनेट नहुँदै झगडाको आवाज आएपछि भित्र हेर्दा उपकुलपतिको टेबल, कुर्सी पल्टाएछन्। सिसाको कप फुटाएछन्।’
प्रतिक्रिया