फेवाताल र नगरकोटको अर्बौंको जग्गा हडप्ने शाक्य भ्रमण बर्षका अतिथि !

visit nepal 2o2o

  काठमाडौं। नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ शुरु हुन अब दुई दिन मात्र बाँकी छ । बुधबार अर्थात जनावरी १, २०२० का दिन भ्रमण वर्षको उद्घाटनको तयारीमा जुटेको छ नेपाल सरकार ।

भ्रमण बर्षको उद्घाटन सत्रको कार्यतालिका समेत सार्वजनिक भइसकेको छ। तर, कार्यतालिकमा पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेका व्यक्ति तथा संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त होटलहरुको तर्फबाट कसैलाई पनि नराखिएकोप्रति व्यवसायीहरु सन्तुष्ट छैनन् ।

रोचक कुरो त के छ भने उक्त कार्यतालिकामा विवादित होटल ब्यवसायी कर्ण शाक्य र योगेन्द्र शाक्यलाई भने भ्रमण बर्षको उद्घाटनका क्रममा हुने र्यालीमा भीभीआइपीको रुपमा राखिएको छ।

कर्ण शाक्य र योगेन्द्र शाक्यका काका भतिजा हुन् । होटलहरुको तर्फबाट तिनै काका भतिजालाई मात्र राखिएको छ।

होटल संघ नेपाल (हान) का अध्यक्षलाई समेत नराखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

कर्ण शाक्य तिनै व्यक्ति हुन्, जसले पर्यटकीय नगर पोखरामा रहेको फोवा ताल र भक्तपुरको पर्यटकीय स्थल नगरकोटको जग्गा हडपेका छन् ।

मन्त्री भट्टराईको यो कार्यले भ्रमण वर्षको उद्घाटन कार्यक्रमको गरिमा बढाउने नभइ घटाउने काम गरेको एक होटल व्यवसायी बताउँछन् ।

नेपालमा भएका अन्तर्राष्ट्रिय स्तरका पाँच तारेका होटलका प्रतिनिधिहरुलाई नराखेर शाक्यका काका भतिजलाई होटलहरुको प्रतिनिधिका रुपमा राखिनु अश्चर्यजनक भएको ति व्यवसायी बताउँछन् ।

कर्ण शाक्यले पोखराको फेवाताल अतिक्रमण गरी पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना बनाएको खुलिसकेको छ ।

सरकारी छानविन समितिले ती संरचना फेवाताल अतिक्रमण गरेर बनाएको निष्कर्ष निकालेको छ।

हाल ललितपुर नापी कार्यालय प्रमुख रहेका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छानबिन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन्। बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएको पाइएको छ।

समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो।

यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो। त्यो योजनामा फेवातालको ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन रोक लगाइएको छ।

त्यस्तै कर्ण शाक्य र योगेन्द्र शाक्यको नगरकोटमा रहेको क्लव हिमालय होटलले पनि १३ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको समाचार आइरहेका छन् ।

पर्यटन मन्त्री भट्टराइले यस्ता विवादित व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन शत्रमा समावेश गराएकोप्रति होटल व्यवसायीहरुले आक्रोश व्यक्त गर्दै मन्त्रीमाथि नै औंला ठड्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित