सन २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष : प्रधानमन्त्री ओली

kpolin

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०१९ लाई स्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा लिएका छन् । अंग्रजी नयाँ वर्ष नयाँ २०२० को शुभकामना सन्देशमा उनले सन् २०१९ नेपालका लागि स्थिर राजनीतिक उपलब्धीको वर्ष भएको बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले सन्देशमा २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको उल्लेख गरेका छन् । ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौँ भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार ग-यौँ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

 उनले सन् २०१९ मा पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्दै भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गरिएको प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।
उनले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल पर्यटन वर्षको रुपमा सुरु भएको नयाँ वर्ष २०२० मा स्वदेश र विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित