आईजीपी खनाल १० हजार नगदसहित गृह मन्त्रालयमा पुरस्कृत

igp Khanal

  काठमाडौँ । बेरुजु फछ्र्यौटमा उल्लेखनिय काम गरेको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सर्वोत्कृष्ट घोषणा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच आईजीपी खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट घोषित भएको थियो ।

यस्तो छ गृहमन्त्री थापा र गृह सचिव प्रेमकुमार राईद्धारा हस्ताक्षर गरिएको प्रशंसा पत्र

praman patra

प्रतिक्रिया

सम्बन्धित