सिएमससी र चितवन चेम्बर अफ कमर्सबीच सहकार्यको सम्झौता

cmchobचितवन । चितवन मेडिकल कलेज (सिएमसी) र चितवन चेम्बर अफ कमर्सबीच सहकार्यको सम्झौता भएको छ । स्वास्थ्य क्षेत्रको प्रतिष्ठित संस्था चितवन मेडिकल कलजेसंग ब्यवसायीहरुको संस्था चेम्बर अफ कमर्सले मेडिकल पार्टनरका रुपमा सहकार्य सुरु गरेको हो  । 

 चेम्बरका सदस्यका लागी मेडिकल कलेजले सुविधाको ब्यवस्था गरेको छ । अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थय परिक्षण र उपचार सेवामा २० प्रतिशत सहुलियत दिने सहमति भएको छ । चितवन मेडिकल कलेजका कार्यकारी निर्देशक डा। दयाराम लम्साल र चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले हस्ताक्षर गरेर सम्झौता गरेका छन ।

 चेम्बरका अध्यक्ष श्रेष्ठले सामाजिक र संस्थागत हितका लागी सहकार्य गरेको बताए ।सहमतिका लागी मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारी , चेम्बर अफ कमर्सका सदस्यहरु कोषाध्यक्ष निर्मला पण्डित बालगोपाल चुके , रुविन रामुदमु , अच्युत थपलिया सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित