फिल्म निर्माताले 'सेक्स प्रस्ताव' राखेको नायिकाको आरोप
‘सायद २’ फिल्म रिलिज भएर हलहरूबाट उत्रिदै गर्दा स्यारोनले सुनिल रावलविरुद्ध किन ‘सेक्स’ प्रस्तावको आरोप लगाइन् त ? यसको प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ ।
फिल्म मेकर सुनिल रावलले स्यारोन श्रेष्ठसँग सेक्स प्रस्ताव राखेकै हुन त भन्ने विषयमा दुबै पक्षसँग जानकारी लिने प्रयास गरेको छ ।
तपाईलाई सुनिल रावलले सेक्स प्रस्ताव राख्नु भएकै हो ? भन्ने दैनिक नेपालको प्रश्नमा स्यारोन श्रेष्ठले भनिन, ‘हो उहाँले मसँग त्यो प्रस्ताव राख्नु भएको हो ।’ त्यस्तो प्रस्ताव राख्दा तपाईले प्रहरी वा यस्तै कुनै न्यायायिक निकायमा किन उजुरी दिनु भएन त ? भन्ने जिज्ञासामा स्यारोनले भनिन्, ‘मैले कतै उजुरी दिएन ।’ उजुरीका विषयमा स्यारोन मौन बसिन् ।
अहिले पनि कुनै निकायमा उजुरी दिनु भएको छ कि छैन ? भन्ने प्रश्नको जवाफमा नवनायिका स्यारोनले भनिन्, ‘अहिलेसम्म त कैत पनि उजुरी दिएको छैन । तर, भोलि (सोमबार) चलचित्र कलाकार संघले छलफलको लागि बोलाएको छ ।’अहिले आएर निर्मातालाई यति ठूलो आरोप लगाउँदा तपाईको करियरमा त गम्भीर धक्का लाग्ने भयो नि ? भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘जे हुन्छ सामना गर्न तयार छु ।’‘सायद २’ की डेब्यु नायिका स्यारोनले तपाईलाई सेक्स प्रस्ताव राखेको आरोप लगाउनु भएको छ नि बास्तविकता के हो ? भन्ने प्रश्नको जवाफमा सुनिल रावलले भने, ‘यि सबै आरोपहरू झठ्ठा हुन् । यदि मैले स्यारोनजीलाई सेक्स प्रस्ताव राखेको थिएँ भने फिल्मको शुटिङ भइरहेका बेला मेराविरुद्ध न्यायायिक निकायमा उजुरी दिनु पर्ने थियो । उहाँले उजुरी किन दिनु भएन ? यदि उहाँलाई साँच्चिकै मेरा कारणले समस्या थियो भने त फिल्म छाड्नु पर्ने हो नि ? फिल्म पनि छाड्न भएन । अहिले आएर फिल्म नचलेपछि मलाई यस्तो गम्भीर आरोप लगाउनुको के कारण हो ? यो आरोप नै खोटपूर्ण छ ।’तपाईले स्यारोनलाई दवावमा राखेर फिल्म शुटिङ गराउनु भयो होला भन्ने प्रश्नको जवाफमा सुनिल रावलले भने, ‘अहिलेको समय कसैले दवाव दिँदैमा मानिस दवावमा बस्दैन । उहाँ बच्चा पनि होइन । उहाँलाई मैले त्यस्तो कुनै नाजाय सम्बन्धका लागि दवाव दिएकै होइन र छैन । यि आरोपहरूमा कुनै सत्यता छैन ।’हुन् पनि फिल्म रिलिज हुनु अगाडिसम्म सुनिल रावल र ‘सायद २’को बयान गरेर कहिल्यै नथाक्ने नवनायिका स्यारोन श्रेष्ठको अहिले आएर किन मन भाच्चिँयो कसैले बताउन चाहँदैनन् ।स्यारोनले आफूलाई अन्याय भएको थियो भने प्रहरी वा राष्ट्रिय महिला आयोगमा गएर उजुरी दिनु पर्ने थियो । अहिलेको कानून महिलाका पक्षमा धेरै लचिलो पनि छ । तर, उनले कहिल्यै पनि उजुरी दिने आवश्यक्ता ठानिन् । बरु मिडियामा गएर आफूलाई सुनिल रावलले सेक्सका लागि प्रस्ताव राखेको आरोप लगाइन् । मिडियाबाजी गरेर एकाएक चर्चामा आइन् ।आफैले डेब्यु गराएकी नायिका स्यारोनले सेक्सका लागि प्रस्ताव राखेको भनेर गम्भीर आरोप लगाएपछि भने सुनिलले निर्माता समाजमा यो विषयमा उजुरी दिएका छन् । अब सुनिल पनि आफूलाई गम्भीर आरोप लागेपछि यो विषयलाई यत्तिकै छाड्ने पक्षमा छैनन् । उनले सत्यतथ्य पत्ता लगाएर न्याय दिलाउनै पर्ने बताउनु थालेका छन् ।होस्तेल, सायद, होस्टेल रिटन्र्स, सायद २ जस्ता फिल्महरू निर्माण गरेका सुनिल रावल नेपाली फिल्ममा राम्रा निर्मातामा कहलिन्छन् । तर, नवनायिकाले आफूलाई सेक्सको आरोप लगाएपछि भने उनी गम्भीर बनेका छन् ।स्यारोनको यो आरोप पुष्टि हुन सकेन भने उनले ठूलो मूल्य चुकाउने पर्नेछ । मिडियाबाजी गरेर निर्मातालाई सेक्स जस्तो गम्भीर आरोप लगाएको अभियोगले स्यारोनलाई नेपाली फिल्ममा हिरोइन खोलाउन निर्माता र निर्देशकले दश पटकसम्म सोँच्नुपर्ने भएको छ । हुन त यस्ता हल्ला र आरोपहरू नेपाली फिल्मी बजारहरूमा दिन बिराएर आउने गरेका छन् । जसरी ती हल्ला बहिरिन्छन् त्यसै गरी सेलाउने पनि गरेका छन् । दैनिक नेपालबाट
प्रतिक्रिया