ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई नियन्त्रणमा लिन गोली प्रहार
काठमाडौं । काठमाडौंको बौद्ध स्थित जम्बुडाँडामा प्रहरीले गोली चलाएर ज्यान मार्ने उद्योगका फरार अभियुक्त विष्णु लामालाई पक्राउ गरिएको छ ।
प्रहरीको गोली लागेर गुण्डागर्दीमा संलग्न लामा घाइते भएका छन् ।
महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख डिएसपी रमेश बहादुर सिंहका अनुसार सिन्धुपाल्चोक घर भएका लामालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको घेरा तोडेर भागेपछि गोली चलाइएको हो ।
लामालाई महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएका प्रहरी असईको कमाण्डमा खटिएको टोलीले गोली हानेर नियन्त्रणमा लिएको थियो ।
लामा जिल्ला प्रहरी सिन्धुपाल्चोकको पनि खोजी सूचीमा थिए । दुवै गोडामा गोली लागेका लामाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
लामामाथि एक वर्षअघि सिन्धुपाल्चोककी १७ महिने बच्चीलाई चिर्पटले हानेर मारेको अभियोग लागेको छ ।
प्रतिक्रिया