अस्वस्थ लोहनी फेरी पक्राउ, चन्दा उठाउन सक्रिय रहेको आरोप

gunrajlohanipakrau

 चितवन। प्रतिवन्धित विप्लव नेतृत्वको नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी चितवनबाट पुन: पक्राउ परेका छन् । प्रहरीको विशेष व्युरोले लोहनीलाई चितवनको आदर्शनगरबाट सोमबार साँझ पक्राउ गरेको हो ।

ब्युरोले लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको छ । पुन: चन्दा उठाउन थालेको सुचना पाएपछि लोहनीलाई व्युरोले पक्राउ गरेको हो ।

अस्वस्थ रहेको कारण लोहनीले पार्टीको केन्द्रीय सदस्यबाट यस अघि नै राजीनामा दिएका थिए । लोहनीलाई गत असोजमा चितवन प्रहरीले पक्राउ गरेर १ ३दिन पछि रिहा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित