प्रतिनिधीसभाको सभामुख निर्वाचन आज , यस्तो छ संसदको तयारी
काठमाडौं
असोज १४ गतेयता रित्त रहेको प्रतिनिधीसभाको सभामुखको लागी आज निर्वाचन हुदै छ । आईतबार दिउँसो ३ बजे सभामुख निर्वाचनका लागी प्रतिनिधी सभाको बैठक बस्दैछ । जेष्ठताका आधारमा महन्थ ठाकुरले सभाको अध्यक्षता गर्ने भएका छन । बैठकको एकमात्रै कार्यसुची अग्नी सापकोटालाई निर्वाचित गर्ने रहेको छ । सापकोटा सभामुखका एकमात्रै उम्मेद्वार हुन ।
संघिय संसद सचिवालयका अनुसार बैठकको सुरुमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्ययूची छ भने अग्निका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्ने कार्यसूची छ ।
समर्थकको समर्थन पछि जेष्ठ सदस्यले एकजनाको मात्रै उम्मेदारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । त्यसपछि सभाका अदक्षले निर्वाचित सभामुख सापकोटालाई बधाई दिने छन ।
नयाँ सभामुखको शपथ भोलि बिहान ११ बजेका लागि राष्ट्रपति कार्यालयमा तय गरिएको सचिवालय स्रोतले बतायो ।
साथै प्रतिनिधी सभाको अर्को बैठक १४ गते राख्ने तयारी गरिएको छ ।
प्रतिक्रिया