सापकोटा विरुद्धको रिटको सुनुवाई न्यायाधीस सपना मल्ल प्रधानले गर्ने

agni sapkota

काठमाडौं ।

सभामुख निर्वाचित भएका अग्नीप्रसाद सापकोटा विरुद्धको रिटमाथी आज सुनुुवाई हुने भएको छ । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि रिटमाथिको सुनवाई न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छिन् ।

सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।

आईतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए । तर यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेकाले उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको थियो । फुयाँलले त्यतिबेला अग्नी सापकोटाविरुद्ध बहस गरेका थिए ।

सापकोटा आईतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भैसकेका छन केहीबेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित