सभामुख सापकोटाले लिए पद तथा गोपनियताको सपथ
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सोमबार बिहान सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति, मन्त्री, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी कुटनीतिक नियोगका प्रमुखलगायत उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।
सपथलगत्तै सभामुख सापकोटाले सिहदरवारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको हो ।
प्रतिक्रिया