पार्टीको केन्द्रीय कमिटी बैठक तयारीमा छुः प्रचण्ड

prachada

नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफू रहेको बताए । उनले पार्टीको कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठक यही माघ १५ देखि २० गतेसम्म डाकिएको छ । उनले अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने कुरा बनिनसकेको बताए । ‘उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन’, उनले भने, ‘एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजे जस्तो मुक्ति हासिल गर्न सक्छौँ ।’

संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उनले आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राखे । उनले सबै खालको विभेदको अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताए ।

सो अवसरमा अध्यक्ष दाहालले नवगठित कार्यसमितिलाई शपथ खुवाएका थिए । तत्कालीन नेकपा ९एमाले० को नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र नेकपा ९माओवादी केन्द्र० आदिवासी जनजाति राष्ट्रिय महासङ्घबीच एकता भई २६१ सदस्यीय आदिवासी जनजाति महासङ्घ नेपाल बनेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित