समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै

Samajbadi-Party-Nepal

राष्ट्रियसभा चुनावको समीक्षा तथा संसदमा समाजवादी पार्टीको भूमिका लगायतको विषयमा छलफल गर्न समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा केही बेरमा बस्न लागेको बैठकमा संसद बैठकमा समाजवादी पार्टीको भूमिका र राष्ट्रियसभा चुनाव लगायतको विषयमा छलफल हुने पाटीका संसदीय दलका सचेतक उमाशंकर अरगरियाले बताए । समाजवादी पार्टीले पनि उपसभामुखका लागी दाबी गरेको भएपनि नेकपाले समाजवादी पार्टीलाई नदिने सम्भावना धेरै रहेको छ । नेकपाले उपसभामुखको बारेमा काँग्रेस र राजपासँग छलफल गरिरहेको छ ।

सरकारबाट बाहिरिने विषयमा छलफल गर्न यसअघि पुस ७ गते संसदीय दलको बैठक बसेका थियो ।

प्रतिक्रिया

सम्बन्धित