प्रेस स्वतन्त्रताका लागि सधै सहयोग गर्ने कांग्रेसका नेता पौडेलको प्रतिवद्धता

NC-Ram-Chandra-Paudel-450x320प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भएपनि आफ्नो सधै सहयोग हुने प्रतिवद्धता जनाएका छन । नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले गलत मनसायका साथ कानुनहरु ल्याएको बताउदै पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
६ बर्षको संर्घष पछि सँबिधान आएको उल्लेख गर्दै उनले भने, 'संविधान आएपछि संविधान विपरितका कानून बनाएर काम गर्न पाइदैन भनेर खवरदारी गर्न पाइएको छ ।'

कार्यक्रममा पौडेलले अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित