लग्जेम्बर्गका विदेशमन्त्री नेपाल आउदै

luxemburge

लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदैछन् ।
आजै परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा लग्जेम्बर्गका तर्फबाट एक कार्यक्रम पनि आयोजना हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित