‘तक्मेबुढा’लाई पुत्र लाभ, आजै उनको ३४ औँ जन्मदिन

takme buda

काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् ।
सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन मनाउँदै छन् । यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ ।

इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो । बिहे गरेको सात महिना पछि मात्र उनीहरूको बिहेको खबर र तस्बिर सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित