स्ववियु निर्वाचनको तयारीमा जुट्दै अनेरास्ववियू

Union_1

भक्तपुर  ।

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटी स्वतन्त्र विद्यार्थी युनियन २०७६ को निर्वाचनको तयारीमा जुटेको छ ।

त्रिभुवन विश्व विद्यालयले आउँदो फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरे लगत्तै स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटी निर्वाचनको तयारीमा जुटेको हो । अनेरास्ववियू केन्द्रीय कमिटिको सर्कुरल अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा अध्यापन हुने संकायहरुमा कक्षा कमिटि गठ्न, प्रशिक्षण, अन्तक्रिर्या, भेला आयोजना गरि तयारीमा जुटेको विद्यार्थी नेता नवीन रिजालले बताए ।

अनेरास्ववियूले विद्यार्थीहरुको शैक्षिक समस्या समाधान गर्न कलेज प्रशासन समक्ष आवाज उठाउँदै सहजिकरण गर्दै, विद्यार्थीहरुको सारथी बन्दै क्याम्पसमा रचनात्मक र सृजन्तामक गतिविधिहरु सञ्चालन गर्दै सम्पुर्ण विद्यार्थीहरुलाई स्ववियु निर्वाचनको तयारीमा जुट्न आह्वन गर्दै आईरहेको कुरा अनेरास्ववियू भक्तपुर नेता दिपेश बिसुन्केले बताए ।

प्रतिक्रिया

सम्बन्धित