सरकार पुर्ण रुपमा असफल भएको राप्रपाको निष्कर्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेको छ । देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने आशा गरिए पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ । शुक्रबारबाट पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष कमल थापाले पेस गरेको राजीतिक कार्यपत्रमा यस्तो दाबी गरिएको हो।
पूर्वाधार विकासका क्षेत्रमा केही कामहरू भए पनि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनीकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको थापाले बताए । राप्रपाले देशमा इशाईकरण डरलाग्दो रूपमा बढेको बताएको छ । अपरिपक्व, दिशाहीन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी र विदेशी लगानी भित्रिन नसकेको, सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण गरी सर्वसत्तावादको संकेत देखिएको थापाको प्रतिवेदनमा उल्लेख छ ।
राजसंस्था पाखा लगाएर सुरू गरिएको १४ वर्षको राजनीतिक अभ्यासले देश झन् संकटग्रस्त भएको उनको दाबी छ । राप्रपाले संस्थागत एवं नीतिगत भ्रष्टाचार, धर्मपरिवर्तनको डढेलो, बेरोजगारी समस्या, सर्वसत्तावाद, बाह्य शक्तिको चलखेललाई देशमा विद्यमान मुख्य चुनौतीका रूपमा चित्रित गरेको छ ।
प्रतिक्रिया