दुबै अध्यक्षमा देखिएको विश्वास: आम निर्वाचनमा दुई-तिहाई मत नेकपालाई

oli-prachanda

काठमाडौं

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै अध्यक्षले आगामी आम निर्वाचनमा नेकपालाई आउने मतको सवलामा पूर्वआंकलन गरेका छन् । नेकपाको केन्द्रीय कमिटीको बैठकपछि दुबै अध्यक्षले आगामी निर्वाचनमा दुई तिहाई मत आउने आंकलन सार्वजनिक गरेको हुन्।

बुधबार बालुवाटारमा भएको कार्यक्रममा प्रधानन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाको दुई-तिहाई कसैले रोक्न सक्ने अधार नभएको बताएका थिए। बुधबार अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोही विषय दोहोराएका हुन्। प्रचण्डले नेकपाले अब दुई तिहाइको सरकार बनाउने दाबी गरेका छन्। बुधबार कास्कीमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले भने हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचनको नतिजा र केन्द्रीय कमिटीको बैठकको निष्कर्षले गर्दा नेकपा धेरै बलियो शक्ति बनेको छ, आगामी निर्वाचनमा नेकपाको दुई-तिहाईको सरकार बन्ने छ।

दुई अध्यक्षको अर्को विषयमा पनि समान धारणा देखिएको छ । सरकारले राम्रो काम गरेपनि त्यसको आवश्यक प्रचार-प्रसारको खाचो रहेको छ। जनता र पाटीसँग नजिक बनाउँनको लागि तीनमहिने अभियान सुरु गरेको छ। त्यो अभियानले सरकारको राम्रो कामको प्रचार पनि गर्छ।प्रचण्डले भने।

 केन्द्रीय कमिटीको बैठकपछि राजनीतिक स्थायीत्वको बाटोमा लाग्ने मार्ग निर्देश गरेको उनको भनाई छ । विकास निर्माण र समृद्धिको बाटोमा लागेका छौँ, सरकार र जनताको कुरामा पनि ध्यान दिने पार्टीको निर्णय भएको छ

मंगलबार प्रधानमन्त्रीलले भनेका थिए

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले रोक्न नसक्ने बताएका थिए । सरकारले विकास निर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने बताउँदै भनेका थिए – म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो,ल्यायो अब नेकपा कसैले रोकेर रोकिँदैन । रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरेका छन् ।

आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई अध्ययन गरी प्रचार गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित